बालकोटमा बालकुमारी मन्दिर निर्माणको लागिमहायज्ञ, दुई करोड ५० लाख संकलन गर्ने लक्ष्य

बालकोटमा बालकुमारी मन्दिर निर्माणको लागिमहायज्ञ, दुई करोड ५० लाख संकलन गर्ने लक्ष्य

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • बालकोटमा बालकुमारी मन्दिर निर्माणको लागिमहायज्ञ, दुई करोड ५० लाख संकलन गर्ने लक्ष्य

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा परम्परागत शैलीमा निर्माणाधीन श्री बालकुमारी माता मन्दिर निर्माणका लागि बैशाख १९ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ २६ गतेसम्म चल्नेछ ।

    प्राचीन धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बालकोटको यस स्थानमा लिच्छवीकालीन ढुङ्गेधारा, फल्चा र कुवा संरक्षण हुँदै आएको छ । स्व.चन्द्रलाल चपल्छें श्रेष्ठको पहलमा सुरु भएको यो पुनःनिर्माण प्रयासलाई निरन्तरता दिँदै हाल विस्तृत गुरुयोजना अनुसार मन्दिर परिसरमा विभिन्न मठ–मन्दिरसहितका संरचना निर्माण कार्य अघि बढाइएको छ ।

    2.jpg

    २०७१ सालदेखि शुरु भएको संरचना निर्माणमा स्थानीय र प्रदेश सरकारबाट क्रमशः लाखौंको सहयोग प्राप्त हुँदै आएको छ । अहिले निर्माणाधीन मन्दिरको सत्तल निर्माणका लागि सूर्यविनायक नगरपालिकाबाट ५९ लाख र बागमती प्रदेश सरकारबाट २७ लाख विनियोजन भइसकेको छ ।

    मन्दिर निर्माणका लागि कलात्मक काठ तथा पित्तल छाना सहितका संरचनाका लागि कुल ३ करोड ५८ लाख रुपियाँको लागत अनुमान गरिएको छ । बजेट अभावका कारण अब सम्पन्न बाँकी कार्यका लागि बालकुमारी मन्दिर तथा फल्चा निर्माणार्थ उपभोक्ता समितिले १५१ सदस्यीय महायज्ञ मूल आयोजक समिति गठन गरी महायज्ञको आयोजना गर्न लागेको हो ।

    4.jpg

    महायज्ञबाट २ करोड ५० लाख रकम संकलनको लक्ष्य राखिएको छ । संकलित रकमबाट एक वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको समितिका संयोजक इन्जिनियर श्रीराम श्रेष्ठले जानकारी दिए ।

    महायज्ञको प्रमुख आकर्षणको रुपमा वृन्दावनबाट आमन्त्रित अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजद्वारा कथा वाचन गरिनेछ । कार्यक्रम अन्तर्गत बैशाख १९ गते बिहान कलश यात्रा, दिउँसो १ बजे समुद्घाटन समारोह, बैशाख २५ र २६ गते लक्ष्यवर्तीका प्रज्वलन, सामूहिक ब्रतबन्ध, तुलादान जस्ता धार्मिक विधिहरू समावेश गरिनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij