भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • भक्तपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले भक्तपुर नगरपालिका–९ च्यामासिंह चोकमा सोमवार पैदल यात्री लिवाली बस्ने वर्ष ८५ को विष्णुभक्त प्रजापतिलाई ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट गम्भिर घाइते भएका प्रजापतिको उपचारका क्रममा मंगलवार मध्यराती बि.एण्ड.बी.अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –७ दाप्चा घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष २३ को राजन श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको छ ।

    घटनाका सम्बन्धमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij