नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु

नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु

    भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ भव्य रूपमा आरम्भ भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्थाले याे महोत्सवकाे आयोजना गरेको हो । 

    महाेत्सवकाे उद्घाटन गर्दै सांसद तथा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापाले यस्ता महोत्सवले स्थानीय उत्पादनलाई बजार दिने बताए । 

    1.jpg

    आयोजक संस्था ‘औद्योगिक शान्ति नेपाल’का अध्यक्ष सन्दीप महतका अनुसार, उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो । करिब १५० भन्दा बढी स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका वस्तुहरू जस्ता सामग्रीहरू बिक्रीका लागि राखिएको छ ।

    यस महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स र मोबाइलका सामग्रीहरूको प्रदर्शनी समेत गरिएको छ । साथै, व्यापार तथा पर्यटनसम्बन्धी सामग्री, भाँडाकुँडा, लत्ताकपडाको प्रदर्शनी र बिक्री पनि गरिनेछ ।

    2.jpg

    बालबालिकाका लागि आकर्षक खेल साधन जस्तै रोटी पिङ, ड्रागन ट्रेन, नाउ लगायत व्यवस्था गरिएको छ । विभिन्न किसिमका परिकारहरूसहितको खाना महोत्सव, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, फेसन शो, नृत्य तथा हास्य व्यङ्ग्य कार्यक्रमहरू दैनिक रुपमा हुनेछन् ।

    महोत्सवका संयोजक तथा कार्यक्रम अध्यक्ष दीपक थापाका अनुसार, यस महोत्सवमा पाँच लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको छ । साथै, यहाँ राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रे तथा आसपासका जिल्लाका बासिन्दाले यस महोत्सवको लाभ लिन सक्नेछन् ।

    3.jpg

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ र अन्तिम दिन ख्यातिप्राप्त गायक–गायिकाहरूको प्रस्तुति सहित विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij