भक्तपुरमा बस पल्टिदा ४ जना घाईते

भक्तपुरमा बस पल्टिदा ४ जना घाईते

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • भक्तपुरमा बस पल्टिदा ४ जना घाईते

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुलनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।  बिहीबार बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

    च्यामासि‌ंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन्।

    उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।

    प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij