विस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक विदा

विस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक विदा

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • विस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक विदा

    भक्तपुर । विस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक विदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा हर्षोउल्लासका साथ मनाउन ३ दिन स्थानीय विदा दिने भएको हो । 

    नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल बैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय विदा दिने गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रबक्ता कृष्णहरी आचार्यले एक सूचना जारी गरि सो जानकारी दिएका छन् ।  

    आचार्यका अनुसार, २०८१ साल चैत्र २१ नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ३५ औं बैठकले सो विदा दिने निर्णय गरेको हो । 

    बैठकले नगरपालिकामा भव्य र सभ्य रुपमा मनाइने बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोउल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरेको सुचनामा जनाइएको छ ।

    55678.jpg


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij