नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

    काठमाडौं । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी सुुस्तापुर्वको गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलवार साँझ दिदीभाइ बेपत्ता भएका हुुन । 

    इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुुसार, गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदीमा डुबेर बेपत्ता भएका हुन् । हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएको प्रहरीको भनाई छ ।  

     भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएपछि खोजी भइरहेको प्रहरीको भनाई छ । प्रहरीसँग गोताखोर नभएकाले खोजीकार्यमा समस्या भएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij