संस्थागत विद्यालयमा पनि नर्स सेवा विस्तार गर्ने सरकारको योजना : प्रदेश मन्त्री थापा

संस्थागत विद्यालयमा पनि नर्स सेवा विस्तार गर्ने सरकारको योजना : प्रदेश मन्त्री थापा

सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • संस्थागत विद्यालयमा पनि नर्स सेवा विस्तार गर्ने सरकारको योजना : प्रदेश मन्त्री थापा

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले अब निजी तथा संस्थागत विद्यालयहरूमा पनि नर्सको सेवा उपलब्ध गराइने बताएका छन् । प्याब्सन भक्तपुरद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले हाल सरकारी विद्यालयमा कार्यरत नर्सहरूलाई सातामा दुई दिन नजिकका संस्थागत विद्यालयमा पनि सेवा दिन मिल्ने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

    Pabson Samman ph 2.jpg

    उनले सरकारी विद्यालयमा सबै प्रकारका सुविधा हुँदाहुँदै पनि निजी विद्यालयसरह गुणस्तरीय शिक्षा दिन नसकेको उल्लेख गर्दै निजी क्षेत्रको योगदानलाई प्रशंसा गरे । उनले निजी विद्यालयले नेपालको शैक्षिक विकासमा प्रभावकारी भूमिका खेलेको धारणा राखे ।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले संगठनले फरक र छुट्टै पहिचान स्थापित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । साथै, संगठनका भबिष्यका योजनाहरूबारे विभिन्न राजनीतिक दलका नेतासँग संवाद भइरहेको जानकारी पनि दिए ।

    Pabson Samman ph.jpg

    सो अवसरमा प्याब्सनकी बरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, महासचिव आरबी कटुवाल,  भक्तपुर अध्यक्ष राजन कसपाललगायत वक्ताहरूले निजी विद्यालयको योगदानबारे धारणा राखे।

    नववर्ष २०८२ र बिस्का जात्राको अवसरमा पलाँसेस्थित काठमाडौं फन भ्यालीमा आयोजित शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममार्फत प्याब्सनका केन्द्रीय पदाधिकारी, बागमती प्रदेश कार्यसमिति तथा विभिन्न जिल्लाका अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij