सडक मानवको सहयोगार्थ सञ्चालित महायज्ञमा दुुई दिनमै १७ लाख संकलन

सडक मानवको सहयोगार्थ सञ्चालित महायज्ञमा दुुई दिनमै १७ लाख संकलन

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • सडक मानवको सहयोगार्थ सञ्चालित महायज्ञमा दुुई दिनमै १७ लाख संकलन

    भक्तपुर । सडकमा अलपत्र रहेका वेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा सञ्चालित ज्ञानबिज्ञान महायज्ञमा दुुई दिनमै करिव १७ लाख रुपौया आर्थिक सहयोग संकलन भएको छ । सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि  महायज्ञको आयोजना गरिएको हो । 

    मानव कल्याण समाजका सचिव बिजयकुुमार पोखरेलका अनुुसार, महायज्ञमा बिहिवार र शुक्रवार गरी करिव १७ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । जिल्लालाई सडक मानवमुक्त गर्न उद्धार गरी, उपचार गर्ने, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यवस्था र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी आवास निर्माणार्थ सो ज्ञानबिज्ञान महायज्ञ आयोजना गरेको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी प्रमुख कथा वाचिका देवी सुमी मानवले बताइन् । 

    maha-3.jpg

    समाजले ‘२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेको थियौ । समाजले हाल भक्तपुरको झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । 

     मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनाती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि पाँच सय पाँच जनालाई खाना, नाना र छानासहितको सेवा दिदै आएको छ । त्यसै क्रममा हालसम्म दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष सुमि मानवले बताइन । 

    भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष नरेश रन्जितले बताए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij