बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा ज्ञानबिज्ञान महायज्ञ शुरु

बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा ज्ञानबिज्ञान महायज्ञ शुरु

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा ज्ञानबिज्ञान महायज्ञ शुरु

    भक्तपुर । सडकमा अलपत्र रहेका वेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा आजदेखि ज्ञानबिज्ञान महायज्ञ शुरु भएको छ । जिल्लालाई सडक मानवमुक्त गर्न उद्धार गरी, उपचार गर्ने, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यवस्था र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी आवास निर्माणार्थ सो ज्ञानबिज्ञान महायज्ञ आयोजना गरेको हो ।

    समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानवले सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि  महायज्ञको आयोजना गर्न लागेको बताइन् । समाजले ‘२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेको थियौ ।

    समाजले हाल भक्तपुरको झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनाती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि पाँच सय पाँच जनालाई खाना, नाना र छानासहितको सेवा दिदै आएको छ ।

    44.jpg

    त्यस क्रममा हालसम्म दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष सुमि मानवले बताइन । भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको अध्यक्ष मानवको भनाई छ । 

    माहायज्ञको बिहिवार प्रख्यात भागवत बाचक दिनबन्धु पोखरेलले स्वस्तीक बाचन गरेर शुभारम्भ गरे । महायज्ञ आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीवन बिज्ञान बिशेषज्ञ डा. रमेश नेपाल, मानव कल्याण समाजकी संस्थापक अध्यक्ष एवं प्रमुख भागवत बाचिका देवी सुमि मानव लगायतले मानव कल्याणका खातिर लगाइएको महायज्ञमा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए । 

    श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको पुर्वसन्ध्यामा बिहिवार बिहान बृहत कलस यात्राको आयोजना गरिएको छ । कलस यात्रामा ठुलो संख्यामा महिला तथा भक्तजनको उपस्थिति रहेको महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले बताए । राधेराधे यातायात कार्यालय नजिकै आयोजित महायज्ञ चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij