भक्तपुरका सञ्चारकर्मीद्वारा कालोपट्टी बाँधेर पत्रकार हत्याको बिरोध

भक्तपुरका सञ्चारकर्मीद्वारा कालोपट्टी बाँधेर पत्रकार हत्याको बिरोध

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • भक्तपुरका सञ्चारकर्मीद्वारा कालोपट्टी बाँधेर पत्रकार हत्याको बिरोध

    भक्तपुर । भक्तपुरका पत्रकार आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा राजधानीको तीनकुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    त्यसैगरी कान्तिपुर टेलिभिजन, अन्नपूर्ण दैनिकको कार्यालयमासमेत आक्रमण गरेका थिए । आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुरको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर काममा खटिएका हुन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष शुन्दर सिल्पकारले जिल्लाका विभिन्न सञ्चारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारलाई कालोपट्टी बाँधिदिएका थिए । समाचार संकलनकै क्रममा पत्रकारको हत्या, कुटपिट तथा  आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार कालोपट्टी बाँधेरविरोध जनाइएको अध्यक्ष सिल्पकारले बताए ।

    सोहि क्रममा महासंघले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij