कोलकताको पहिलो जित, राजस्थान फेरी पराजित

कोलकताको पहिलो जित, राजस्थान फेरी पराजित

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • कोलकताको पहिलो जित, राजस्थान फेरी पराजित

    काठमाडौं ।  कोलकता नाइट राइडर्सले पहिलो जित निकालेको छ। इण्डियन प्रिमियर लिग आइपीएलमा गएराति सम्पन्न खेलमा कोलकताले राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो। 

    १ सय ५२ रनको लक्ष्य कोलकताले  १७ दशलमव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। कोलकताको जितमा ओपनर  क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै ६१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९७ रन जोडे।​ ​

    अंगकृष्ण रघुवंशी १७ बलमा २२ रनमा अविजित रहे। कप्तान अजिक्य रहाणे १८ रनमा आउट भए। ओपनर मोइन अलि ५ रनमा पेभिलियन फर्किए।  राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए। ओपनर सञ्जु स्यामसनले १३ तथा नितिश रानाले ८ रन जोडेका थिए । 
     यशस्वी जैसवाल  २९ रनमा आउट भएका थिए भने कप्तान रियान पराग २५ रन जोड्दै आउट भए। जोफ्रा आर्चरले १७ बनाए।  कोलकताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए।


    पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ।

    पहिलो खेलमा राजस्थान सनराइजर्स हैदरावादसँग पराजित भएको थियो। प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदराबाद र लखनउ सुपरजायन्टबीच खेल हुनेछ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij