भक्तपुर । भक्तपुर जिल्लामा मात्र होइन, काठमाडौं उपत्यका तथा त्यस आसपासका काभ्रे, सिन्धुपाल्चौक, दोलखासम्म पनि आगोलागीका घट्ना हुंदा पुग्ने गर्छन्, भक्तपुरस्थित जुद्ध बारुण यन्त्रका दमकल । ती दमकलले वर्षेनी चार÷पाँच दर्जन स्थानमा लागेको आगो निभाउँछन् ।
तर, गृहमन्त्रालय अन्तर्गत रहेको एकमात्र जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरमा कार्यरत २७ जना अग्नी नियन्त्रकको मुटुमा भने बिगत १३ वर्षदेखि दन्केको लागेको ज्वाला कसैले निभाउँन सकेको छैन । संगैका जिल्लामा रहेका दमकलका अग्नी नियन्त्रक हुन वा संगै कामगर्ने शुरक्षाकर्मीले सरकारले तोकेको सुविधा पाउँछन, उनीहरुको जागिर स्थायी छ ।

तर, जुद्ध बारुण यन्त्रमा रातोदिन नभनी खट्ने अग्नी नियन्त्रक भने १३ वर्षदेखि पनि करारमै काम गरिराखेका छन् । त्यो पनि न्युन तलव र सुविधाका भरमा । उनीहरुको न रोजीरोटीको ग्यारेण्टी छ न त अन्यको जस्तो सुविधा नै । ती अग्नी नियन्त्रकजस्तै मुटु पोलिरहेको छ, जुद्ध बारुण यन्त्रमा ३९ वर्षदेखि कार्यरत कार्यालय प्रमुख बिजय धौभडेलको ।
भक्तपुर जुद्धबरुण कार्यालयको समस्या के के छन् भन्ने प्रश्न गर्न नपाउँदै धौभडेल भन्छन्, “यस कार्यालयमा कार्यरत युवा कर्मचारीको बृति बिकासको बिषयनै यहाँको प्रमु्ख समस्या हो ।” उमेर छउन्जेल भक्तपुर बारुण यन्त्रमार्फत आगोलागी नियन्त्रणमा काम गर्छन्,उमेर गईसकेपछि जागिर पनि जान्छ, अनि बिना सुबिधा रित्तोहात घर जानुपर्छ भन्ने चिन्ताले सबैभन्दा बढी सताएको धौभडेल बताउँछन् ।
करारमा कार्यरत अग्नी नियन्त्रक कर्मचारीलाई एक पटक नियम संगत रुपमा लोकसेवासंग परामर्श लिएर स्थायी गर्न पाए रातोदिन खटिने उनीहरुलाई ठुलो हौसला पुग्ने उनको भनाई छ । बुधवार बारुण यन्त्र कार्यालयको भवन उद्घाटन् गर्न आएका गृहमन्त्री रमेश लेखक, गृहसचिव , संघीय सांसद दुर्लभ थापा, बागमति प्रदेशका सांसद शुरेस श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल सहभागि कार्यक्रममा पनि धौवडेलले सोहि गुनासो राखे ।

कक्षा १२ उत्तिर्ण गरेका उनीहरुको शिक्षा र तालिमलाई आधार मानेर स्थायी गर्न पहल गरिदिनु पर्ने माग धौभडेलले गरेका थिए ।
धौभडेलपछि मन्तव्य राखेका गृहसचिव गोकर्णमणी दुवाडीले अग्नी नियन्त्रण कार्यजस्तो अत्यावश्यक क्षेत्रमा खटिएका करारका कर्मचारीलाई कानुन सम्वत ढंगले स्थायी गर्ने प्रकृया अघि बढाउँनन पहल गर्ने बताए ।
त्यसपछि मन्तव्य राखेका बिशिष्ठ अतिथि एवं भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद दुर्लभ थापाले पनि लामो समयदेखि अत्यावश्यक क्षेत्रमा कार्यरत कर्मचारीलाई स्थायी गर्नेतर्फ सरकारले कदम चाल्नुपर्नेमा जोड दिएका थिए । आगोलानी नियन्त्रजस्तो चुनौतिपुर्ण र सम्वेदनसिल काममा खटिने युवा कर्मचारीलाई काममा थप जिम्मेवार बनाउँन पनि स्थायी गर्नुपर्ने थापाको भनाई थियो ।

सोहि कार्यक्रममा मन्तव्य व्यक्त गरेका नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष शुन्दर सिल्पकार, जिल्ला समन्वय समितिका पुर्व प्रमुख नवराज गेलाल लगायतले पनि अग्नी नियन्त्रणमा खटिने कर्मचारीलाई प्रकृया पुर्याएर स्थायी गर्नुपर्ने माग गरेका थिए । एक दशकबढी समयदेखि सेवामा खटिंदै आएका ती अग्नी नियन्त्रकले सुरक्षामा खटिने जवान सरहको तलव, रासन र बिभिन्न नगरपालिकाले उपलव्ध गराएको न्युन जोखिमभक्ताका भरमा काम गर्दै आएका छन् ।