पीएन क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै विजयी

पीएन क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै विजयी

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • पीएन क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै विजयी

    पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । यसअघि सधै विजयी हुंदै आएको अनेरास्ववियुबाट सभापतिमा विष्णु पोखरेल निर्वाचित भए । 

    पोखरेल भारी मतान्तरले विजयी हुँदा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ  निकटतम प्रतिस्पर्धी बनेपनि मतान्तर दोब्बरबढी रहन पुग्यो । स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपाने तेश्रो स्थानमा रहिन । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेलले ११०५ मत ल्याउँदा नेविसंघका सुशील न्यौपानेले ५०३ मत ल्याए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत ल्याए ।

    पोखरेल नेतृत्वबाट सचिवका उमेद्वार विराज दुवाडी १४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १३०४ मतका साथ विजयी भइन् ।

    ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij