आईपीएलमा चेन्नईकाे विजयी सुरुवात, मुम्बई पराजित

आईपीएलमा चेन्नईकाे विजयी सुरुवात, मुम्बई पराजित

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • आईपीएलमा चेन्नईकाे विजयी सुरुवात, मुम्बई पराजित

    काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्‍वाडले अर्धशतक बनाएपछि चेन्नईले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो ।  

    मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन ६५ रनमा अविजित रहे भने कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए ।

    मुम्बईका विग्नेश पुथुरले ३ विकेट लिए भने दीपक चहर र विल ज्याक्सले १-१ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन जाेडेका थिए । दीपक चहर २८ रनमा अविजित रहे ।

    चेन्नईका अफगानी बलर नूर अहमदले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । खलील अहमदले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । नेथन एलिस र रविचन्द्रन आश्विनले १-१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij