साविक बिजेता कलकत्तालाई हराउँदै आइपीएलमा बैंगलुरूको विजयी शुरुआत

साविक बिजेता कलकत्तालाई हराउँदै आइपीएलमा बैंगलुरूको विजयी शुरुआत

आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • साविक बिजेता कलकत्तालाई हराउँदै आइपीएलमा बैंगलुरूको विजयी शुरुआत

    काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा  बैंगलुरूले आइपीएलमा विजयी शुरुआत गरेको छ । शनिबारराती सम्पन्न उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई उसैको मैदानमा सात विकेटले पराजित भएको हाे । १७५ रनको चुनौती बैगलुरूले १६ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

    विराट कोहलीले ३६ बलमा अविजित रहँदै ५९ रन बनाए । त्यस्तै पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्ने क्रममा फिल साल्टले ३१ बलमा ५६ रन बनाए । त्यस्तै कप्तान रजत पटिदारले १६ बलमा ३४ रन जोडे । लियाम लिभिङस्टोनले ५ बलमा अविजित रहँदै १५ रन जोडे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १७४ रन बनाएकाे थियो । कप्तान अजिन्क्या रहानेले ३१ बलमा ५६ तथा सुनिल नाराइनले २६ बलमा ४४ रन बनाए । बैंगलुरूका क्रुनाल पाण्डेयाले ३ तथा जोश हाज्लेवुडले २ विकेट लिए । कोलकातासँगको लगातारको चार हारपछि बैंगलुरूले जित हासिल गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij