भक्तपुरमा तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको बृहत भेला

भक्तपुरमा तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको बृहत भेला

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • भक्तपुरमा तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको बृहत भेला

    भक्तपुर । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको बृहत भेला आज भक्तपुरमा सम्पन्न भएको छ ।बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेता तथा केन्द्रिय पदाधिकारी र जिल्ला सदस्यहरुको भेला आज भक्तपुरमा सम्मपन्न भएको हो ।

    वर्तमान राजनीतिक गतिबिधिहरु र यसले श्रृजना गरेको राजनीतिक वातावरणका बिषयमा केन्द्रित रहेर  कार्यक्रममा छलफल गरिएको तरुण दलका पूर्व केन्द्रीयअध्यक्ष बिनोद प्रसाद कायष्थले बताए । नेपाली काँग्रेसलाई मजबुद बनाउन लागेको बिगतका पदाधिकारीहरु हाल केहि जिम्मवार पदमा रहेर राजनीतिमा शक्रिय रहिरेहेका र हाल क्रियाशिल रहेका साथिहरुमा अवको राजनीतिक वातावरण कस्तो हुनु पर्छ भन्ने बिषयमा ब्यवापक छलफल गरिएको कायष्थले बताए ।

    tarun.jpeg

    संबिधानसभा बाट प्राप्त उपलब्धि बिरुद्ध सडकमा बिगत केहि समयम देखि प्रदर्शन भईरहेकाले सो उपलब्धिको रक्षार्थ पनि सरकार र पार्टीलाई सकारात्मक दबाब श्रृजना गर्न यो भेला उपलब्धिक मूलक हुने कायस्थको भनाई छ । 

    भेलाम छलफल भएका बिषयहरुलाई संग्रह गरि पार्टी केन्द्रिय कार्याल र पदाधिकारीहरुलाई बुझाउने र यसले पार्टीका आगामी कार्यदिशा निमार्ण गर्न थप सहयोग पुग्ने कायष्ठले बताए । भेलामा देशका बिभिन्न जिल्लाबाट १०० बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij