भक्तपुर । बरिष्ठ पत्रकार एवं राजनीतिज्ञ माथवर सिंह बस्नेतकाे हृदयघातबाट निधन भएकाे छ । भक्तपुर निवासी ७८ वर्षिय बस्नेतलाई बिहिवार राती हृदयघात भएपछि उपचारका लागि काठमाडाैसि्थत न्युराे अस्पताल पुर्याइएकाे थियाे ।
बस्नेतकाे शनिबार बिहान उपचारकै क्रममा निधन भएकाे पारिवारिक श्रोतले जनाएको छ । बस्नेतका एक श्रीमती, एक छाेरा र तीन छाेरी छन् । बस्नेतकाे अन्तिम दाहसंस्कार आज नै गरिने जनाइएको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहेका बस्नेत राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष समेत भएका थिए ।
बस्नेतले पुनरजागरण साप्ताहिक प्रकाशन गरेका थिए । नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष एवं संघीय सांसद दुर्लभ थापाले बस्नेतकाे निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए ।