भक्तपुर । बरिष्ठ पत्रकार एवं राजनीतिज्ञ माथवर सिंह बस्नेतलाई हृदयघात भएको छ । भक्तपुर निवासी ७९ वर्षिय बस्नेतलाई गएराती हृदयघात भएको हो ।
हृदयघातपछि बस्नेतको काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहेका बस्नेत राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष समेत हुन् ।
बस्नेतले पुर्नजागरण साप्ताहिक प्रकाशन गरेका थिए । ठुलो नसा फुटेका कनरण बस्नेतको अवस्था चिन्ताजनक रहेको चिकित्सकलाई उर्धितगर्दै नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष एवं संघीय सांसद दुर्लभ थापाले बताए ।