भक्तपुर क्याम्पसमा हार्ने निश्चित भएपछि नेक्राविसंघद्धारा तीन मतका लागि लफडा

भक्तपुर क्याम्पसमा हार्ने निश्चित भएपछि नेक्राविसंघद्धारा तीन मतका लागि लफडा

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • भक्तपुर क्याम्पसमा हार्ने निश्चित भएपछि नेक्राविसंघद्धारा तीन मतका लागि लफडा

    भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा गन्न बाँकी मतभन्दा मतान्तर दोब्बरबढी भएपछि नेक्राविसंघले बखेडा निकालेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणनामा नेपाल मजदुुर किसान पार्टी निकटको नेक्राविसंघ २ सय बढी मतले पछाडि परेपछि तीन मतका नाममा बखेडा निकालेर मतगणनामा अवरोध गरेको हो ।

     
    मतगणनाको अन्तिम चरणमा समानुुपातिकतर्फको तीन वटा मतपत्र प्रत्यक्षतर्फको बाकसमा परेको भन्दै नेक्राविसंघले बुधवार बिहान करिव चारवजेदेखि विवाद निकालेर मतगणनामा अवरोध गरेको क्याम्पस प्रशासनले जनाएको छ । विवाद बढेको १४ घण्टा बित्दा पनि मतगणना गर्ने सहमति नहुंदा क्याम्पसमा झडपको स्थिति सृजना भएको छ ।

    दुवै पक्षका बिद्यार्थी क्याम्पस गेट नजिक नारावाजी गर्दै बसेपछि अशुरक्षा बढेको स्थानीयवासीले बताए । स्ववीयूको निर्वाचन सम्पन्न भएपस्चात बनाइएको आचार संहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका तर्फबाट बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् ।

    पछिल्लो मत गणनामा प्रत्यक्षसंगै समानुपातिकमा समेत नेवीसंघ र अखिलको प्यानलले बढी मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मतगण्मनाअघि गरिएको सहमतिमा समानुपातिक र प्रत्यक्ष तर्फका मतहरू एक अर्का बाकसमा पनि हुन सक्ने र सो मत सदर मानिने भनिएको थियो । तर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि नेक्राविसंघका प्रतिनिधिले विवाद निकालेका हुन् ।

    विवादपछि नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवार गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको थियो । आफू हार्ने निश्चित भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरूले बताएका छन् ।

    २०६० साल देखि लगातार १९ वर्ष स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ २०७९ मा पहिलो पटक पराजित भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले तीनवटा मतपत्रका नाममा लफडा निकालेको नेवीसंघका एक नेताले बताए । 

    २०६० सालको स्ववीयु निर्वाचनमा नेविसंघको एक गुटलाई साथमा लिएर नेक्राविसंघ स्ववियू सभापतिमा विजयी भएको थियो । यस्तै २०६२ र २०६५ सालमा अनेरास्वीयूको सहयोगमा नेक्राविसंघले भक्तपुुर क्याम्पसको स्ववियू सभापति हत्याउँन सफल भएको थियो । 

    त्यसैगरी २०७३ मा नेविसंघ सँग संयुक्त प्यानल बनाएर नेक्राविसंघले भक्तपुुर क्याम्पसमा नेतृत्व गर्दै आएको थियो । अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त प्यानलसंग पराजित भएसंगै  नेपाल भरमै एक मात्र क्याम्पस जित्दै आएको नेक्राविसंघले भक्तपुर क्याम्पसबाट समेत बढारिएको थियो । 

     यो पटक पनि नेविसंघ र अनेरास्वीयूको प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का पक्क भएपछि नेक्राविसंघले मतगणनामा लफडा गरेको विद्यार्थी नेताको आरोप छ । मुलुकभरमै एउटा क्याम्पस जित्दै आएको नेक्राविसंघले आफ्नो आधार इलाकामै हार निश्चित भएसंगै बखेडा झिकेर मतगणनामा बवरोध गरेको गठबन्धनका बिद्यार्थीहरुले बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij