नेप्सेम्याक र नगरपालिकाको कर्मचारी हूँ भन्दै भक्तपुरमा ठगी, सतर्क रहन नगरपालिकाको अनुरोध

नेप्सेम्याक र नगरपालिकाको कर्मचारी हूँ भन्दै भक्तपुरमा ठगी, सतर्क रहन नगरपालिकाको अनुरोध

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • नेप्सेम्याक र नगरपालिकाको कर्मचारी हूँ भन्दै भक्तपुरमा ठगी, सतर्क रहन नगरपालिकाको अनुरोध

    भक्तपुर । भक्तपुरमा केही महिनायता बिभिन्न बाहनागरी  ठगी गर्ने गिरोह सक्रिय भएको छ । खासगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पछिल्लो समय फोहोरमैला व्यवस्थापन र विकास निर्माणको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको हाे । 

    ठगी बढेसँगै सुर्यविनायक नगरपालिकाले सूचनानै जारी गरी सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । जारी सूचना नगरपालिकाका अनुसार, केही व्यक्तिहरू आफुलाई नेप्सेम्याक प्रा. लि. वा नगरपालिकाका कर्मचारी बताउँदै घरधनी, संघसंस्था तथा सरकारी कार्यालयहरूबाट फोहोर व्यवस्थापनको कार्ड नविकरण गर्ने नाम तथा विकास निर्माणको बाहनामा रकम असुल्ने तथा कार्ड नै वेपत्ता पार्ने गरेको गुनासो आएको जनाइएको छ । 

    सूर्यविनायक नगरपालिकाले यस विषयलाई गम्भीर रूपमा लिँदै नागरिकलाई यस्ता ठगी गर्ने व्यक्तिहरूसँग नफस्न आग्रह गरेको छ । नगरपालिकाले नेप्सेम्याकसँग फोहोर व्यवस्थापन सम्बन्धी सम्झौता गरी तोकिएको दररेटअनुसार सेवा प्रदान गर्दै आएको सूचनामा जानकारी गराइएकाे छ । 

    कुनै पनि अनधिकृत व्यक्ति वा समूहले रकम असुल्न खोजेमा त्यसमा नफस्न र तुरुन्तै नगरपालिका, वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत सूचनामार्फत अनुरोध गरिएको छ । गिराेहले कटुन्जे, दधिकाेट, बनलकाेट, चाँगु लगनयका क्षेत्रबाट तीन महिनाकाे अवधिमा पाँच/सात लाख रूपैयाँ भन्दाबढी ठगी गरेको स्थानीयकाे भनाइ छ ।

    suryabinayak.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij