वुमन्स डे कप टी–२० क्रिकेट : तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै

वुमन्स डे कप टी–२० क्रिकेट : तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • वुमन्स डे कप टी–२० क्रिकेट : तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै

    काठमाडौं । युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो ।

    नेपालले अस्ति शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ ।

    आजै घरेलु टोली युगान्डा र नामिबियाले फाइनल खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij