भक्तपुुर । ट्रकको ठक्करबाट भक्तपुरको गठ्ठाघरमा मोटरसाइकल चालकको ज्यान गएको छ। भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटरसाइकललाई आज अपरान्ह चारवजे बागमती प्रदेश ०३) ००१ ख १८८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट भक्तपुर नगरपालिका ६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको हो। उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जननाएको छ। ट्रक चालक ४७ वर्षीय चन्द्रलाल शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ठिमी वृत्तले पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी परिसर भक्तपुुरले जनाएको छ।