वुमन्स डे कप : युगान्डामाथि नेपालको रोमाञ्चक जित

वुमन्स डे कप : युगान्डामाथि नेपालको रोमाञ्चक जित

आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • वुमन्स डे कप : युगान्डामाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो ।

    ७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो।  नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् । 

    युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।

    नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।

    यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij