भक्तपुरमा खुल्यो सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन

भक्तपुरमा खुल्यो सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन

बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • भक्तपुरमा खुल्यो सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन

    भक्तपुर । बजारमा विद्युतीय सवारी साधन (इभी)को संख्या बढेसंगै धमाधम चाजिङ्ग स्टेशनहरु खुल्न थालेका छन् । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक, भत्केको पाटीमा सुविधा सम्पन्न इभी चार्जिङ्ग स्टेशन खुलेको छ ।

    शुभलक्ष्मी अटो वास एण्ड मल्टिट्रेडिङ्ग प्रा.लिले भक्तपुर जिल्लाका साथै उत्तरपूर्वी क्षेत्र र नगरकोट जाने पर्यटकलाई लक्षित गरेर इभी चार्जिङ्ग स्टेशन संचालनमा ल्याएको कम्पनिका व्यवस्थापक सुदिन के.सीले बताए । 

    के.सी अनुसार हाल परिक्षण कालमा रहेको र केही दिनभित्रमा तीन वटा सवारी साधन एकै पटक फास्ट चाजिङ्ग गर्न मिल्ने गरि कम्पनिले तयारी गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij