भक्तपुर । स्वर्ण पदक विजेता शिरुष भुजुलाई जुद्ध वारुण यन्त्रले नगद पुरस्कारसहित सम्मान गरेको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले कार्यालयका फायर म्यान शिरुष भुजुलाई नगद सहित सम्मान गरेको हो ।

भजुले फागुन १५ गतेदेखि १९ गतेसम्म महोत्तरी जिल्लाको गौशालामा सञ्चालन भएको १८ औ राष्ट्रयव्यापी बुढाकैदो फूलकन्टयाक कराँते प्रतियोगिता २०८१ मा स्वर्ण पदक जितेका थिए । स्वर्ण पदक जितेरकार्यालयको प्रतिष्ठा बढाएको भन्दै जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले भुजुलाई नगद ५ हजारसहित सम्मान गरेका हुन् ।
सम्मान गर्दै कार्यालय प्रमुख धौभडेलले एउटा फायर म्यानले पनि देशको लागि केही गर्न सक्छ र देशको नाम राख्न सक्छ भन्ने उदाहरण भुजुले प्रस्तुत गरेको बताए । यहाँका फायर म्यानहरु आफ्नु कामसंगै सामाजिक कार्यमा पनि उत्तिकै सिक्रिय रहको बताउदै प्रमुख धौभडेलले खेलकुदमा चाहना हुनेहरुलाई प्रशिक्षणका लागि कार्यालयले पठाएर हौसला बढाउँदै आएको बताए । स्वर्ण पदक विजेता भुजुले कार्यालयदले दिएको सम्मानले आगामी दिनमा खेलमा सक्रिय रहन थप उर्जा मिलेको बताए ।