भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, ३ जना घाइते

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, ३ जना घाइते

आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, ३ जना घाइते

    भक्तपुर । मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् । 

    उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते थिए ।

    उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij