चाँगुनारायणमा स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजनाको एक वर्ष : के–के काम भए ?

चाँगुनारायणमा स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजनाको एक वर्ष : के–के काम भए ?

आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • चाँगुनारायणमा स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजनाको एक वर्ष : के–के काम भए ?

    भक्तपुर । चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको सहयोगमा सञ्चालन भएको स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजनाले एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको निश्कर्ष निकालेको छ । सहारा परियोजन, चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले यही बिहीबार र शुक्रबार दुईदिने कार्यक्रम आयोजना गर्दै परियोजना अन्र्तगत भएको कामका बारेमा जानकारी गराउँदै यस्तो निश्कर्ष निकालेको हो । 

    दुई दिन चलेको स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना प्रगति समीक्षा, वार्षिक योजना तथा उमेरमैत्री शहर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रश सोसाइटी केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभागका उपनिर्देशक बालकृष्ण सेडाईले राखेका थिए । सेडाईले परियोजनाको उद्धेश्यमाथि आकर्षक ढंगले प्रकाश पारेका थिए । उनले सहारा परियोजना सुरु गर्नुका कारण र अहिलेको परिवर्तनका सम्बन्धमा जानकारी गराएका थिए । यो परियोजना जेष्ठ नागरिक मिलन चौतारी मार्फत नौवटै वडामा सञ्चालन गरेको थियो । 

    कार्यक्रममा मन्तब्य राख्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाका सभापति परशुराम पाण्डेले नयाँ प्रयोगका रुपमा उक्त परियोजना सञ्चालन गरिएको जानकारी गराए । नेपालमै पहिलोपटक चाँगुनारायण नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको र भक्तपुर जिल्लाका अन्य ३ स्थानीय तहमा पनि सञ्चालन गर्नका लागि प्रस्ताव गरिने उनले जानकारी दिए । 

    कार्यक्रमा बोल्दै नेपाल रेडक्रस केन्द्रीय कार्यालयका उपमहामन्त्री मनोज कुमार थापाले रेडक्रस सुरुवाती दिनबाटै समाजसँग नजिक रहेर सबैको हितका लागि काम गर्दै आएको बताए । रगतको अभाव, बाढीपहिरो लगायतका विपद्मा राहत उद्धारका कामहरु गर्दै आएको रेडक्रसले सरकारले चाहेर पनि गर्न नसकेको कार्यलाई पूरा गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको बताए । ज्येष्ठ नागरिकको स्वास्थ्य मानसिक र सामाजिक समस्यालाई मध्यनजर गर्दै स्वस्थ्य बुढ्यौली परियोजनाको अवधारणा सुरु गरेको पनि थापाले जानकारी गराए ।  

    यो अभियान पहिले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट सुरु गरिएको र पछि नगरस्तरमै लैजान भने चाँगुनारायण नगरपालिकाबाट सुरु गरिएको थियो । योजना अनुसार कै कार्यहरु हुँदै गएका कारण अब अन्य पालिकामा पनि परियोजनालाई विस्तार गर्ने थापाले बताए । 

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले परियोजनाले ज्येष्ठ नागरिकमा भएको ज्ञान, अनुभव र शीप पुस्तान्तरणका लागि सहयोग गर्ला भन्ने सोचेर परियोजना स्वीकृत गरेको र सुरु भएको एकै वर्षमा प्रगति देखिएको बताए । परियोजना अन्तर्गत रहेर ज्येष्ठ नागरिकलाई मन्दिरको भ्रमण गर्न लगिएको साथै प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन चौतारी निर्माण गरिएको उनले जानकारी दिए । 

    घरका मानिसले समय दिन नसकेर मानसिक पीडाबाट गुज्रिइरहेका ज्येष्ठ नागरिकहरु यो परियोजनाबाट लाभान्वित भएको नगरप्रमुख खत्रीको निश्कर्ष थियो । 

    परियोजना अन्तर्गत एक वर्षमा के के काम भयो ?

    एक वर्षको अवधिमा परियोजना अन्तर्गत बुबाको मुख हेर्ने दिनमा वृद्धवृद्धालाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु वितरण गरिएको थियो । त्यस्तै, अन्तरपुस्ता संवाद तथा अन्र्तरक्रिया कार्यक्रम, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम, जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर लगायतका कामहरु परियोजनाले गर्दै आएको छ । 

    त्यस्तै, स्वास्थ्य शाखासँगको समन्वयमा पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम, विपद् जोखिम न्यूिनकरण तथा चोटपटक रोकथाम अभिमुखीकरण, मनोवैज्ञानिक परामर्श तालिम लगायतका कार्यक्रमहरु परियोजना अन्तर्गत एक वर्षको अवधिमा सञ्चालन भइसकेको पनि कार्यक्रममा जानकारी गराईयो । परियोजना अन्र्तगत सन् २०२४ मा विभिन्न कार्यक्रम आयोजना गर्दा २९ लाख ८८ हजार रुपैयाँ खर्च भएको पनि कार्यक्रममा बताईयो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij