पर्यटन प्रर्वद्धनमा भक्तपुर एमालेको चाँगु-नगरकोट पदयात्रा (तस्विरमा हेर्नुहाेस्)

पर्यटन प्रर्वद्धनमा भक्तपुर एमालेको चाँगु-नगरकोट पदयात्रा (तस्विरमा हेर्नुहाेस्)

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • पर्यटन प्रर्वद्धनमा भक्तपुर एमालेको चाँगु-नगरकोट पदयात्रा (तस्विरमा हेर्नुहाेस्)

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागरिक उड्डयन तथा पर्यटन विभागले आयोजना गरेको चाँगुनारायण–नगरकोट पदयात्रा सम्पन्न भएको छ । नेकपा एमालेको तीनमहिने अभियान तथा चाँगुनारायण नगरपालिकाले आगामी वैशाख १ गतेदेखि सञ्चालन गर्ने नगरकोट भ्रमण वर्ष २०८२ को प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित पदयात्रा चाँगुनारायणबाट सुरु भई नगरकोटमा सम्पन्न भएको हो ।

    1.jpg
     
    चाँगुनारायण नगरपालिका– ४ बाट बिहान ८ बजे सुरु भएको पदयात्रा हजार सिँढी, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशूलडाँडा, तेलकाट, जालपादेवी मन्दिर, स्याउली बजार, डाँडाटोल, पिपल बोट, लामा टोल, सनराइज, ओमशान्ति मार्ग, गडगडे, लामीडाँडा हुँदै भट्टेडाँडा नगरकोट पुगेर १५ किलोमिटर लामो पदयात्रा सम्पन्न भएको हो । 

    2.jpg

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेतले पदयात्राको उद्घाटन गर्दै राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले यसअघि चाँगुनारायणका नगरप्रमुख सोम मिश्र र हालको नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा भएको बिकासलाई जनताले मूल्याङ्कन गर्नुपर्ने बताउँदै सबै मिलेर विकासमा ऐक्यबद्धता जनाउन सके विकासले फड्को मार्ने उल्लेख गरे । 

    3.jpg

    कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले एमालेको जिल्ला केन्द्रित तीनमहिने अभियानअन्तर्गत र नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न चाँगु–नगरकोट पदयात्रा आयोजना गरेको बताए । 

    सो कार्यक्रममा वागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले पर्यटनको विकास गर्न सके आर्थिक विकासमा फड्को मार्ने बताउँदै सरकारले पर्यटनको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । पदयात्रामा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला पदाधिकारीलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको एमाले जिल्ला प्रचारप्रसार समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij