बराबरीमा सकियाे नेपाल र म्यानमारबीचकाे फाइनलअघिकाे खेल

बराबरीमा सकियाे नेपाल र म्यानमारबीचकाे फाइनलअघिकाे खेल

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • बराबरीमा सकियाे नेपाल र म्यानमारबीचकाे फाइनलअघिकाे खेल

    काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचकाे खेल बराबरीमा सकिएको छ ।

    त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी भयो । पहिलो हाफमै २-२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

    म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता लियाे । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियाे । तर खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।

    नेपाल र म्यानमार दुवै टाेली यसअघि नै फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई हराएका थिए । नेपाल र म्यानमार दुवै अपराजित रहे ।

    योसँगै नेपाल र म्यानमारबीच अहिलेसम्म ५ पटक भेट भएकोमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीसमा सकिएको छ ।

    प्रतियाेगितामा आज भएकाे पहिलाे खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो ।

    नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij