उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै चाँगुनारायण, महादेव खोला बहुउदेश्सीय योजना सञ्चालनमा ल्याइदै

उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै चाँगुनारायण, महादेव खोला बहुउदेश्सीय योजना सञ्चालनमा ल्याइदै

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै चाँगुनारायण, महादेव खोला बहुउदेश्सीय योजना सञ्चालनमा ल्याइदै

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरक्षेत्रमा काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य थपिने भएको छ । एक दशकअघिदेखि चर्चामा रहेको महादेव खोला बहुउदेश्सीय योजना सञ्चालनमा ल्याइने भएपछि सो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा बिकास हुने भएको हो ।  मेलन्चीको पानी नपुग्ने भक्तपुरवासीलाई खानेपानीको सुविधा पु¥याउँने उदेश्यले महादेव खोला बहुउदेश्सीय योजना सञ्चालनमा ल्याइन लागिएको हो ।

    चाँगुनारायण नगरपालिका–६ र ७ को सीमास्थित महादेव खोलामा ४८ मिटर अग्लो र दुई सय ३० मिटर लम्बाईको ड्याम बनाएर खानेपानीका अलवा पर्यटकीय गतीविधि तथा सिचांई सुविधा उपलव्ध गराउँने लक्ष्य लिइएको छ । योजना अन्तर्गत करिव १३ हेक्टरमा दुई अर्व लिटर पानी पोखरी निर्माण हुने नगर प्रमुख जीवन खत्रीले बताए । खानेपानी तथा ढल व्यवस्थापन बिभागले बिस्तृत अध्ययन गरिरहेको आयोजना छिटो सञ्चालनमा ल्याउँने उदेश्यले खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले महादेव खोला बृहत् खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

    चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीका अनुसार, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको नेतृत्वमा आएको टोलीमा खानेपानी तथा ढल व्यबस्थापन बिभागका महानिर्देशक कमल राज श्रेष्ठ, उप महानिर्देशक माधव अधिकारीको सहभागिता रहेको थियो । टोलीमा सिनियर डिभिजन इन्जीनियर एवं बिभागका योजना शाखा प्रमुख रबिन्द्र पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख अतुलेश कुमार कर्ण, नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा लगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

    changu main.jpg

    स्थलगत अध्ययनपछि चाँगुनारायण नगरपालिकाद्धारा आयोजित महादेव खोला खानेपानी आयोजनाको बहु–उपयोगीता बिषयक अन्तरक्रीया कार्यक्रममा प्रस्तुतीकरणगर्दै बिभागका बिज्ञ इन्जिनीयर शंकर ढकालले आयोजनाको बिस्तृत डिजाइन फाइनलको चरणमा पुगेको बताउँदै करिव दुई अर्व ५० करोड लागत रहने योजना डिजनाइन सकेर वातावरणीय प्रभाव मुल्यांकन गरी टेण्डरमा जान करिव एक वर्ष लाग्ने बताए । कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारी बन क्षेत्रमा निर्माण हुने योजनाका लागि स्रोतको व्यवस्था गर्न जाइका लगायतका दातृ निकायलाई आग्रह गरिने बताए ।

    यस क्षेत्रका ४० हजार जनसंख्यालाई खानेपानी सुविधा उपलव्ध गराउँने क्षमता रहेको आयोजनाको ड्याम स्थल क्षेत्रमा पर्यटकीय गतीविधि बढ्न गई भक्तपुर मात्र नभई काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीयस्थल बन्ने आचार्यको भनाई थियो । त्यहाँबाट आर्जित आम्दानीले नगरकोटबाट हुने आम्दानी भन्दा बढी फाइदा र रोजगारी सृजना हुने सचिव आचार्यले बताए । नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले सबैभन्दा उच्च प्राथमिक्तामा रखोको महादेवखोला खानेपानी योजना अघि बढाउँन केन्द्रदेखि प्रदेशसम्म आफुले सक्दो पहल गर्ने बताउँदै सो योजना नगरकै आकर्षक र गेम चेन्जर बन्ने ठोकुवा गरे । आयोजनाका लागि बजेट सुनिश्चित गरी एक वर्षभित्रै शिलान्यास गर्ने चरणमा पुग्न खानेपानी मन्त्रालयले पहल गर्नुपर्नेमा नगर प्रमुख खत्रीले जोड दिए । 

    खानेपानी तथा ढल व्यबस्थापन बिभागका महानिर्देशक कमल राज श्रेष्ठले अन्य आयोजनाको तुलनामा कम लागत र करिव दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्न सकिने आयोजनाका लागि स्रोत सुनिश्चितता हुने बित्तिकै टेण्डर प्रकृयामा जाने बताए । योजना अन्तर्गत करिव पाँच सय मिटर क्षेत्रमा करिव दुई अर्व लिटर पानी जम्मा गरेर १२ ह्रै महिना खानेपानीको व्यवस्था गर्न सकिने महानिर्देशक श्रेष्ठको भनाई थियो । कार्यक्रमा नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले काठमाडौं उपत्यकाभित्र यस बहुउदेश्सीय आयोजना निर्माण गर्न स्रोतको अभाव नहुने बताए ।

    आयोजनालाई राष्ट्रिय योजना आयोगमार्फत अघि बढाए नीजि क्षेत्रसमेतको सहभागितामा उपत्यकाकै सर्वोकृष्ठ पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने सापकोटाको भनाई थियो ।  दुई सय ३० मिटर लम्बाई रहेको बाँध निर्माणपछि सो क्षेत्रको १३ हेक्टर जमिनमा पानी जम्ने डिभिजनल इन्जिनीयर राजु महतले बताए । महतका अनुसार करिव एक दशक अघि जाइकाले सम्भाव्यता अध्ययन गरेको सो आयोजना निर्माणका लागि समेत उसैलाई आग्रह गरिएको छ । 

    changu 2.jpg

    सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमै भक्तपुरको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्वतयारीको कार्य सम्पन्न गरी योजना अगाडि बढाउने घोषणा गरेको थियो । सोहि अनुसार सम्भाव्यता अध्ययनको काम सकिने चरणमा रहेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बताए । 

    स्थलगत अनुगमनका क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । टोलीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, चाँगुनारायण–५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ र ८ का वडाध्यक्ष जनक खत्रीलगायतको सहभागिता रहेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij