भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डले आज एक सुचना जारी गर्दै (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका २ अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो । परीक्षा बिहान ७ देखि १० बजेसम्म हुने बोर्डले जनाएकाे छ ।
