चाँगुनारायणमा एक युवक मृत फेला

चाँगुनारायणमा एक युवक मृत फेला

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • चाँगुनारायणमा एक युवक मृत फेला

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ खोरिया भन्ने ठाउँमा एक युवकको शव फेला परेको छ । चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा १९ वर्षीय निरोज लामाको शव फेला परेको प्रहरीले जनाएको हो ।

    प्रहरीका अनुसार निरोज गएराति उनका साथी बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

    मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

    प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij