भक्तपुर । भक्तपुरको झौखेलमा ट्रकको ठक्करबाट बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेका छन् ।
कोल्पाकोट ओरालो स्थितमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको मिनी ट्रकले पैदलयात्री केकईलाई ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।
ठक्कर दिने ट्रकका चालक भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।