सोमबार लुम्विनी प्रदेशभर सार्वजनिक विदा

सोमबार लुम्विनी प्रदेशभर सार्वजनिक विदा

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • सोमबार लुम्विनी प्रदेशभर सार्वजनिक विदा

    काठमाडौं । सोमबार लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
     
    प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ। यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।

    गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो। सोही अनुरुप आइतबारदेखि मंगलबार सम्म विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने सोमबार स्थापना दिवसको विशेष समारोह आयोजना गरिएको छ । 

    स्थापना दिवसको मुल समारोहमा बाजागाजा सहितको झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन्। आइतबारदेखि मंगलबार तीनदिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरिँदै छ।

    शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभूषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ।

    प्रदर्शन गरिने झाँकीहरु मध्ये प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij