भक्तपुर । नेपाल भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार भक्तपुरमा आयोजित प्रथम अधिवेशनबाट दाहालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उनले सैनिक कहिल्यै पनि पूर्व नहुने बताउँदै जहिले पनि देश र जनताको लागि काम गर्न तयार भएर बस्नुपर्ने बताए ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वागमती प्रदेश सभाका पूर्वभौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेललगायतको उपस्थिति थियो ।
यी हुन् समितिका निर्वाचित पदाधिकारीहरु
अध्यक्ष सुदर्शन दाहाल
उपाध्यक्ष नवराज श्रेष्ठ, रवीन्द्र खड्का
सचिव सुरज खड्का
सह सचिव पवन बस्नेत
कोषाध्यक्ष यज्ञराज भट्ट
सदस्यहरू
मनोज बुढाथोकी, पूर्णबहादुर भट्ट, लक्ष्मण थापा, मखनसिंह लामा, दिनेश खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्यामसुन्दर श्रेष्ठ र सोनाम लामा
त्यस्तै, वागमती प्रदेश महाधिवेशन प्रतिनिधि मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित भए । साथै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।