फोनिज भक्तपुर अध्यक्षमा कोजु

फोनिज भक्तपुर अध्यक्षमा कोजु

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • फोनिज भक्तपुर अध्यक्षमा कोजु

    भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् । शनिबार भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 

    शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरुमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् ।

    अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij