डोलेश्वरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

डोलेश्वरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • डोलेश्वरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिले आज एक कार्यक्रम गर्दै बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

    साधारणासभाको उद्घाटन शत्रमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगर अस्पताल र धादिङको राजमार्गमा भएको अर्को अस्पताललाई ट्रमा सेन्टर बनाउने तयारी गरेको बताए । 

    वर्तमान बागमती प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम उक्त कुरा समावेश गरेर बजेट विनियोजन गर्ने उनको भनाइ छ ।  

    bhatapur 1.jpg

    मन्त्री थापामगरले भने, सडक दुर्घटनाबाट दैनिक ५/७ जनाको दुःखद निधन हुने गरेको भन्दै त्यसको न्यूनिकरण गर्न प्रदेश सरकारले राजमार्ग केन्द्रित गरेर ट्रमा सेन्टर बनाउन लागेको बताए । 

    भक्तपुरको जगातीमा रहेको नगर अस्पताललाई ट्रमा सेन्टर बनाउदाँ त्यसबाट भक्तपुर पूर्वका जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतले फाइदा लिन सक्ने उनले बताए ।

    आफु बागमती प्रदेशको स्वास्थ्य मन्त्री भइसकेपछि ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरेको, दूर्गमका नागरिकहरुलाई स्वास्थ्य सेवा दिन शिविरहरु संचालन गर्दै आइरहेको मन्त्री थापामगरले जानकारी दिए ।

    उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिका अध्यक्ष धर्मराज बस्नेत, महासचिव हरिशरण बस्नेतलगायतले डोलेश्वर क्षेत्रको धार्मीक विकाश गर्न सके भक्तपुर जिल्ला नै धार्मीक पर्यटनको हव हुने विश्वास व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij