नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य विशाल दिएको छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल बनाएको हो । 

    नेदरल्याण्ड्सका लागि रोविन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन । उनले ४८ बलमा आठ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन । स्ट्रि कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

    नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र इश्वरी विष्टले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij