प्रधानमन्त्रीले उद्घाटन गरे सूर्यविनायक नगरपालिकाको नयाँ भवन, प्रशासकीय काम अब आफ्नै भवनबाट

प्रधानमन्त्रीले उद्घाटन गरे सूर्यविनायक नगरपालिकाको नयाँ भवन, प्रशासकीय काम अब आफ्नै भवनबाट

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • प्रधानमन्त्रीले उद्घाटन गरे सूर्यविनायक नगरपालिकाको नयाँ भवन, प्रशासकीय काम अब आफ्नै भवनबाट

    भक्तपुर । सूर्यविनायक नगरपालिकाको कार्यालय आजबाट आफ्नै भवनमा स्थानान्तरण भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित भवनको उद्घाटन गरेसँगै नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय सेवा दिन सुरु गरेको हो । 

    भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।

    “अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”, उनले भने ।

    No description available.

    उद्घाटन समाराेहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, केन्द्रीय सांसद दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत लगायतकाे सहभागीता रहेकाे थियाे ।

    कार्यक्रममा नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्याैपानेलाई सम्मानसमेत गरिएकाे थियाे । 

    474000775_1801281870691088_9210287857648721744_n.jpg

    यतिन्जेल सेवा दिँदै आएको कार्यालयको नजिकै बनेको नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरेको हाे । भवन पूर्णरुपमा अपाङ्गमैत्री रहेको नगरप्रमुख बासुदेव थापाले बताए ।

    ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ ।

    नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको छ ।

    हाल नगरपालिकाले सेवा सुविधा दिँदै आएको भवनका लागि मासिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरेको थियाे । नयाँ भवनबाट नगरबासीलाई सेवा लिन थप सहज हुने थापाले विश्वास व्यक्त गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij