भक्तपुरमा कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु

भक्तपुरमा कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • भक्तपुरमा कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु

    भक्तपुर । भक्तपुरमा कारसँग ठोक्किएर घाईते भएकी मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएकाे छ । मध्यपुरथिमी नगरपालिका–२ दिव्यश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडी साेमबार भएकाे दुर्घटनामा घाईते भएकी सपना राईकाे हिजाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

    साेमबार पेप्सीकोलाबाट मगर गाँउतर्फ जाँदै गरेको बा. प्र. ०१-०२७ च.९२७ नं. को कारलाई सोही दिशातर्फ जाँदै गरेको बा. ५० प. ७४१ नं. को मोटरसाईकलले ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार सपना राई गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि उनलाइ मदरल्याण्ड अस्पताल पेप्सीकोला लगिएको थियाे ।

    थप उपचारका लागि काठमाडाैं मेडिकल कलेज सिनामंगल लगिएकाे थियाे । उनकाे उपचारकै क्रममा हिजाे मृत्यु भएको हाे । माेटरसाइकलमै सवार उनकी ३ वर्षकी छोरीकाे भने उपचार पश्चात हिजै डिस्चार्ज भएको छ । कार चालक कृष्ण प्रसाद गौतमलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखि अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij