यू–१९ महिला विश्वकप: समूहचरणको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल

यू–१९ महिला विश्वकप: समूहचरणको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • यू–१९ महिला विश्वकप: समूहचरणको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल

    काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो तथा समूहचरणको अन्तिम खेल आज नेपालले अस्ट्रेलियासँग खेल्दै छ।

    मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुनेछ। तेस्रो खेलसम्म आइपुग्दा नेपाल जितविहीन छ। 

    स्कटल्याण्डसँगको खेल पनि गुमाएपछि जारी विश्वकपको सुपर सिक्समा पुग्ने यात्रा नेपालका लागि कठिन बनेको छ। यद्दपि आजको खेलमा बलियो अस्ट्रेलियालाई हराउन सकेमा भने केही आश बाँकी रहनेछ। तर त्यसका लागि उता स्कटल्यान्ड बंगलादेशसँग हार्नुपर्नेहुन्छ। 

    नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन्। १६ टोली सम्मिलित विश्‍वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले हार व्यहोरेको थियो।

    आज बिहान हुने पहिलो बंगलादेश र स्कटल्याण्डबीचको खेलमा बंगलादेश विजयी भएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराए पनि नेपाल सुपर सिक्समा पुग्नेछ। स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ। नेपालको महिला टोलीले कुनैपनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij