नेपाल–भारतमैत्री बस सेवा सुरु

नेपाल–भारतमैत्री बस सेवा सुरु

सोमवार, पौष २३ २०८०
सोमवार, पौष २३ २०८०
  • नेपाल–भारतमैत्री बस सेवा सुरु

    स्वर्गद्वारी । प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । 

    लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गरे। त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको  जानकारी दिए। मन्त्री थापाले भने, “नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उनले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। 

    निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij