काठमाडौं । आगलागीमा परेर बर्दियामा एकजनाको ज्यान गएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मा गएराति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। आगलागी भएको थाहा पाएर गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ।