चाँगुनारायण नगरपालिकाकाे खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण

चाँगुनारायण नगरपालिकाकाे खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • चाँगुनारायण नगरपालिकाकाे खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियामा खानेपानी आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । 

    बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले हिजाे उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गरेका हुन् । आयोजनाबाट खोरियाका दुई सय घर लाभाविन्त भएका छन् ।

    मन्त्री खड्काले उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र तामाङलाई खानेपानीको आयोजना हस्तान्तरण गर्दै बागमती प्रदेश सरकारले एक घर एक धारा अभियान सुरु गरेको बताए । 

    बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खोरियामा खानेपानीको समस्या  समाधान भएको बताउँदै विभिन्न खानेपानी उपभोक्ता समितिका बेथिति हटाउँदै खानेपानी आयोजना सञ्चालनका लागि मर्मत सम्भार कोष स्थापना गर्नुपर्नेमा जोड दिए । 

    बागमती प्रदेशका पूर्वभौतिक योजनामन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, वडाध्यक्ष रोजबहादुर तामाङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख लोकबहादुर चौलागाईंले घरघरमा खानेपानीको पहुँच पु¥याउन तीन तहकै सरकारले काम गुर्नपर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij