खो–खो विश्वकपको फाइनल : नेपालका दुबै टोली भारतसँग पराजित

खो–खो विश्वकपको फाइनल : नेपालका दुबै टोली भारतसँग पराजित

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • खो–खो विश्वकपको फाइनल : नेपालका दुबै टोली भारतसँग पराजित

    काठमाडौं । खो–खो विश्वकपको पहिलो संस्करणमा नेपालका दुबै टोली उपविजेतामा सीमित भएको छ । भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी इन्डोर हलमा गएराति सम्पन्न फाइनलमा नेपालका महिला र पुरुष दुबै टोली आयोजक भारतसँग पराजित भएको हो । 

    उपाधि प्रतिस्पर्धामा नेपाली महिला टोली ७८–४० ले पराजित भयो । नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

    यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

    त्यस्तै, पुरुष टोली फाइनलमा आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले हराएको थियो ।

    समूह चरणमा उद्घाटन खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हराएको थियो । नेपालले क्वार्टरफाइनलमा बङ्गलादेशलाई पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो ।

    यसअघि हिजै भएको महिला टोली तर्फको फाइनलमा पनि नेपाल भारतसँग पराजित भएको थियो । भारतले नेपाललाई ७८–४० ले पराजित गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij