यू–१९ महिला विश्वकप आजदेखि सुरू, पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

यू–१९ महिला विश्वकप आजदेखि सुरू, पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • यू–१९ महिला विश्वकप आजदेखि सुरू, पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

    काठमाडौं । मलेशियामा हुने आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशको सामना गर्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ ।

    पहिलो पटक विश्वकपमा सहभागी नेपालले बंगलादेशविरुद्धको खेल जितेर प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्य राखेको छ । खेल नेपाली समयअनुसार शनिवार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 

    गत वर्ष नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई)मा विश्वकपका लागि एशियाली छनोट खेल भएको थियो । छनोटको नेपालले अन्तिम खेलमा आयोजक यूएईलाई नै पराजित गर्दै विश्वकपमा छनोट भएको हो । 

    विश्वकप छनोटसँगै पहिलोपटक आयोजना भएको यू–१९ महिला एशिया कपमासमेत नेपालले प्रतिष्पर्धा गर्ने अवसर पाएको थियो । 

    विश्वकपमा विश्वका १६ राष्ट्र सहभागी रहेका छन् । ती १६ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ। नेपालको समूहमा स्कटल्याण्ड, बंगलादेश र अष्ट्रेलिया छन् । 

    नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ ।

    प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेशियासहित साविक विजेता भारत, श्रीलंका र वेष्ट इण्डिज छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न्। समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् । 

    प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा ६/६ देशको २ समूह हुनेछ । 

    सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेष्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ। सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

    नेपाली टोली

    पूजा महतो (कप्तान)‚ सोनी पाख्रिन, किरणकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा‚ सावित्रा धामी‚ तृष्णा विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्स्निका मरासिनी, रचना चौधरी र अनु कडायत

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij