भक्तपुर । भक्तपुरको मनोहरा खोलामा एक व्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार, आज दिउँसो मध्यपुर ठिमी नगरपालिका-१ मनहरा स्थित वि.पी.आँखा अस्पताल नजिक मनहरा खोलामा पुरूष व्यक्ति मृत्त अवस्थामा फेला परेको हो ।
मृत्यु हुनेमा जिल्ला सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी डेरा गरी बस्ने ४५ बर्षीय को लेल्का उराउ रहेका छन् ।
उक्त शवलाई पोष्मार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।