चाँगुनारायणमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण सञ्चालन

चाँगुनारायणमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण सञ्चालन

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • चाँगुनारायणमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण सञ्चालन

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा नगरपालिकाका सबै वडाहरुमा  भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकोछ । नगरपालिकाले २७ औ भूकम्प सुरक्षा दिवसका अवसरमा “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र पूर्वतयारीका साथ” भन्ने नाराका साथ विविध गतिविधिहरु संचालन गरी सप्ताहव्यापी रुपमा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइदैछ । 

    तयसै क्रममा माघ २ गते भूकम्प सुरक्षा दिवसको दिन चाँगुनारायण नगरपालिका-१ वडा कार्यालयमा तथा बिहिवार  वडा नं २ को त्रिपुरा मन्दिरमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण संचालन गरिएको हो । वडा नं २ मा आयोजित  अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी बार्षिक कार्यक्रम तथा बजेटको व्यवस्था गर्दै आएको बताए । 

    c2.jpg

    यस वर्षको मनसुनमा पनि नगरपालिकाले प्रभावकारी रुपमा प्रतिकार्य गरेको जानकारी दिए । वडा नं १ को अभिमुखिकरण कार्यक्रममा वडा सचिव पशुपति गैडा, ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्य माधाव न्यौपाने उपस्थित थिए । 

    अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाले  विपद् व्यवस्थापनमा गरेका कार्यहरुको बारेमा जानकारी, भूकम्प र यसको कारण, भूकम्पीय सुरक्षाका उपायहरु, २०७२ साल तथा जाजरकोट भूकम्पले भएको क्षति, भूकम्पबाट सिकिएका पाठ, पारिवारीक र सामुदायिक रुपमा गर्नुपर्ने पूर्वतयारीका बारेमा प्रस्तुतिकरण  तथा सहभागिहरु बीच अन्र्तक्रियात्मक छलफल र समुह कार्य पनि गरिएको थियो । 

    c3.jpg

    अभिमुखिकरणमा सहभागिले भूकम्प आउनु अघि, आइरहेको बेलामा र आइसकेपछि गर्नुपर्ने कार्यहरुको बारेमा छलफल गरी प्रस्तुतीकरण समेत गरेका थिए । उनीँहरुले भवन निर्माण आचारसंहिता बमोजिम संरचना निर्माण, समुदायमा प्रथम उद्धारकर्ता तयार, विपद् व्यवस्थापन कोष स्थापना, आवश्यक उद्धार सामग्री व्यवस्थापन तथा समयसमय विपद्को अवस्थामा गरिने प्रतिकार्यको अभ्यास गर्न सकेमा भूकम्प जस्तो विपद्बाट समुदाय सुरक्षित राख्न सकिने कुरा व्यक्त गरेका थिए । साथै सहभागिहरुले  वडा तथा नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कार्यको सह्राना गरेका थिए।

    c4.jpg 

    माघ २ गते देखि ११ गतेसम्म मनाइने २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले नगरपालिका भित्रका वडागत रुपमा ९ वटा वडाका ज्येष्ठ नागरिक, महिला, युवाहरुलाई १ दिने भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण कक्षा संचालन गरीने चाँगुनारायण नगरपालिकाका योजना शाखा प्रमुख एवं विपद् सम्पर्क व्यक्ति अनुप लामिछानेले जानकारी दिए।वडा नं १ मा  १७ महिलासहित २५ जना र  वडा नं २ मा २६ महिलासहित ३४ जनाको सहभागिता रहेको थियो ।  अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा, सहजकर्ताहरु राजकुमार लम्साल र दिवाकर पौडेल र सामाजिक परिचालक पारु थापाले सहजिकरण गरेका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij