२०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने, यस्तो छ तालिका

२०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने, यस्तो छ तालिका

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • २०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने, यस्तो छ तालिका

    काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको हो ।

    पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

    यस्तै चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको भक्तपुरले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

    परीक्षा चैत ७ गतेदेखि सुरु भएर चैत १९ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

    यस्तो छ तालिका

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij