बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

    काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली हो ।

    अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ ।  प्रारम्भिक चरणको आफ्नो तेस्रो खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । 

    जनकपुरमा सम्पन्न खेलको दोस्रो दिन आइतबार पुलिस क्लबले १ सय १६ रनको लक्ष्य २३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । 

    पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । उनले  ४५ बलमा ९ चौका प्रहार गर्दै ५६ रन बनाएका हुन् । कप्तान कुशल भुर्तेलले १९ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । अर्जुन साउदले २० रन जोडे ।

    बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा सूर्य तामाङ, नन्दन यादव र प्रतिश जिसीले १–१ विकेट लिए ।

    यसअघि दोस्रो दिन बागमती आफ्नो दोस्रो इनिङ्समा ५३ ओभरमा २१८ रन बनाएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij